माइतीघरमा शिक्षकको अनशन (तस्बिरहरु)

काठमाडौं । नेपाल शिक्षक महासंघमा आबद्ध शिक्षकले काठमाडौंको माइतीघर मण्डलमा अनशन शुरु गरेका छन् । गएको वैशाख २० गतेबाट आन्दोलन थालेका शिक्षकले माग सुनुवाइ नभएको भन्दै देशैभरी धर्ना थालेका हुन् । अब पनि मागको सुनुवाइ नभए प्रधानमन्त्री निवास घेर्ने उनीहरुले चेतावनी दिएका छन् ।

शुक्रबार पालिकाहरुका शिक्षा विकास तथा समन्वय इकाई र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा पनि अनशन सुरु गरिएको शिक्षक महासंघले जनाएको छ । यस्तै संघीय सरकारको ध्यानाकर्षण गराउन बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म २० जना शिक्षक र कर्मचारी माइतीघर मण्डलामा अनशनमा बसेको महासंघले जनाएको छ ।

पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि शिक्षकको माग सम्बोधन नभएकाले अनशन बस्नुपरेको र अब पनि माग सम्बोधन नभए प्रधानमन्त्री निवास घेराउ गर्ने शिक्षक महासंघ महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । माग पूरा नभए साउन २२ गते सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने उनले बताए ।

महासंघले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कूल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने, सबै शिक्षकलाई कोभिडविरुद्धको खोप तत्काल दिनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक र विद्यालयका कर्मचारीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, आन्तरिक परीक्षाबाट बाहिरिएका अस्थायी शिक्षकलाई निश्चित रकम दिएर बिदा गर्नुपर्ने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउनुपर्नेलगायतका माग राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *