लुम्बिनी प्रदेशका तीन मन्त्रीकाे सांसद पद गुम्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका लुम्बिनी प्रदेशमा तीन जनाको सांसद पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना  निकालेर सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जनाएको हो ।
प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा (उपेन्द्र यादव पक्ष) को ह्वीपविपरीत नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका कारण जसपा कार्यकारिणी समितिको बैठकले असार ३ गते उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरण दिए पनि सरकारबाट फिर्ता हुन दिएको निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको जसपाले बताएको छ ।
जसपा लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभालाई कारबाहीका लागि पत्र लेखेका कारण उनीहरुलाई पदमुक्त गरिएको प्रदेश सभाले
जनाएको छ । 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *