सरकारी गाडी खाल्डोमा खस्दा एक जनाको मृत्यु, पाँच घाइते

जनकपुरधाम । धनुषामा सवारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहानै सरकारी नम्बर स्कारपियो पिकअप प्लेट दुर्घटना हुँदा अन्य पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पिकअपमा सवार महोत्तरीको भंगहा नगरपालिका ९ का दीपक यादव रहेको इलका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । घाइते पाँचजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

बिहान ५ बजे जनकपुर-ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमै पुल निर्माणको लागि खनिएको खाल्डोमा सो स्कारपिओ खसेको हो । तीव्र गतिमा ढल्केबरतर्फबाट जनकपुरतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट ज २-००२-०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनबाट नगइ अनियन्त्रित भएर पुल निर्माणाधिन खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको इन्सपेक्टर सुनारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *