मन्त्रिपरिषद् शुक्रबार विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तार शुक्रबार (भोलि) हुने भएको छ । सत्तारुढ गठबन्धनको बैठकले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । बिहीबार (आज) बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटमा खासगरी मन्त्रिपरिषद् विस्तारकै बारेमा कुराकानी भएको थियो भने प्रधानमन्त्री देउवाले मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।

भोलि हुने मन्त्रिपरिषद्मा कांग्रेसलाई ९, माओवादी केन्द्रलाई ७ र जनता समाजवादी पार्टीलाई ५ मन्त्रालयको जिम्मेवारी दिइनेछ । एक नेताकाअनुसार अहिलेलाई दुई मन्त्रालय भने खाली राख्ने सहमति भएको छ । माधवकुमार नेपाल समूह पार्टीमा आउनसक्ने सम्भावना कायमै रहेको गठबन्धनले दुई मन्त्रालय खाली राख्ने भएको हो । जसमा जसपालाई भने उपप्रधानमन्त्रीसमेत दिइनेछ ।

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने यसअघि नै सरकारमा नआउने भनि भनिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *