बाँकी भुक्तानी नपाए उखु किसानले भदौ ५ देखि आन्दोलन गर्ने (भिडिओसहित)

काठमाडौँ । उखु किसानले पाउन बाँकी भुक्तानी नपाए भदौ ५ गतेदेखि आन्दोलन गर्ने भएका छन् । उद्योगी र सरकारलाई अल्टिमेटम दिँदै किसानले भदौ ५ गतेसम्म पाउनुपर्ने सबै भुक्तानी नपाए काठमाडौँमा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय, गोपाल यादवलगायत किसान काठमाडौँ आएर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले आफूहरूका सबै माग पूरा गराउन सरकार र उद्योगीको ध्यानाकर्षण गराएका छन् । कोरोनाका कारण तत्काल आन्दोलन नगर्ने र सरकारलाई दबाब दिने उखु किसानले बताएका छन् ।

सरकारले उद्योगीबाट सबै भुक्तानी दिलाउने घोषणा गरेकाले अहिलेसम्म कुरेको तर भुक्तानी नपाएकाले आन्दोलन गर्नैपर्ने अवस्था आएको किसानले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *