फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजना सार्वजनिक

काठमाडौं । ‘फोनपे’ले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्वजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

फोनपेको नेटवर्कमा आवद्ध भइसकेका र आवद्ध हुन चाहने साना-ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ ।

यस योजनामा हरेक दिन क्यूआरमार्फत् भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिस्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्ने जनाएको छ ।

फोनपे बिजनेसमा आवद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्याननम्बर मार्फत् आफैं रजिस्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

यस योजनामा हरेक दिन बिहान १२ बजे देखि राति ११:५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने कम्पनीले जनाएको छ । यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिने र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभमार्फत गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *