सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज विहिबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा यसदिन तोलामा ३०० रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ ।

आज तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *