कमला बाँधको निरीक्षण गर्न मन्त्री भुसाल धनुषा आउँदै

जनकपुरधाम । धनुषा र सिरहा सीमा जोड्ने कमला नदीको बाँध निरीक्षण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल आज धनुषा आउने भएकी छिन् । केही दिनयताको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले धनुषातर्फ भईरहेको बाँध कटानको स्थलगत निरीक्षणका लागि मन्त्री भुषाल धनुषा आउन लागेकी हुन् ।

बिहीबार बिहान काठमाडौँबाट जनकपुर आई मन्त्री भुसाल सिधैँ कमला नदी निरीक्षणका लागि बाँध कटान स्थलमा पुग्ने नेकपा माओवादी केन्द्र धनुषा जिल्ला सचिव दिपक यादवले जानकारी दिए । मन्त्रीसँगै उक्त निरीक्षण टोलीमा पूर्वमन्त्री मातृकाप्रसाद यादवलगायत पार्टीका अन्य नेताहरू समेत सहभागी रहने बताइएको छ ।

बाँध कटान स्थल पूर्वमन्त्री मातृकाप्रसाद यादव निर्वाचित क्षेत्रमै पर्दछन । जिल्ला दिपक सचिव यादवका अनुसार मातृकाकै पहलमा मन्त्री भुसाल कमला निरीक्षण गर्न आउन लागेको र निरीक्षण पश्चात् बाँध निर्माणका लागि तत्कालै आवश्यक निर्देशनसहित बजेट व्यवस्थापन हुनेछ ।

बाढीका कारण धनुषातर्फको बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरु जोखिममा परेका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने खतरा छ ।

यसअघि बाढीको बहावले कमला नदीको बाँध कटान गर्न थालेपछि पूर्वमन्त्री यादवले तत्काल मन्त्री भुसालसँग समन्वयन गरि ५० लाख रुपैयाँ निकासा गराई बाँध बाध्ने काममा लागेका थिए । पूर्वमन्त्री यादवको पहलमा अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री सालले थप आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *