हंगेरीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
२०७८ साउन १३ गते

काठमाडौं । हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडसम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सो अवसरमा हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘हंगेरीका जनताद्वारा प्रदान गरिएको स्वास्थ्य सामग्रीले नेपालमा कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेका छौं ।’
२०७८ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








