रिलायन्स लाइफद्वारा साढे २ करोडको मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।

कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात् कम्पनीको नियमअनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पधाधिकारीको उपस्थिति रहेको थियो ।

कम्पनीले हालसम्म ८ करोड २३ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *