जुवा तास खेल्ने ११ जना पक्राउ

काठमाडौं । मंगलबार साँझ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- १४ को खालचौरस्थित थोप्चेन तामाङको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाजी थापी पैसा हारजित हुनेगरी जुवा तास खेलि/खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनीहरूलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ नगद‚ नखोलेको ३ बुक र खोलेको ११ बुक तास र एक थान तन्ना बरामद गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका २८ वर्षीय कृष्ण के.सी.‚ ३५ वर्षीय पाराङ लामा भन्ने खड्ग सिंह लामा‚ ४४ वर्षीइ सुमन अधिकारी‚ ४० वर्षीय गणेश थापा‚ ४२ वर्षीय अनिल मुस्याजु‚ ३४ वर्षीय हिरा लामा‚ ३७ वर्षीय चन्द्र लामा स्याङताङ‚ ३५ वर्षीय थर्कमान लामा‚ २६ वर्षीय किशोर अधिकारी‚ ३४ वर्षीय छिरिङ लामा‚ ३४ वर्षीय दिपक बस्नेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =