इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण

काठमाडौं । लुप नेटवर्क प्राली पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । लुपले पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने योजना लिएको छ ।

जुन कम्तिमा एक अर्ब रुपियाँ लगानीको हुनेछ । कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने बताएको छ । ‘आउँदो पाँच बर्षभित्र नम्बर वान आईएसपी(इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएका छौं । अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी सो समयमा एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने हाम्रो लक्ष्य हो’, कम्पनीका अध्यक्ष सतिस पोखरेलले भने ।

अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौं सहित नवलपरासी, धनुषा लगायतका स्थापनामा विस्तार भएको छ । लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । कम्पनीले ह्वावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्नेछ । अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत अघि बढ्न लागेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *