कुटपिट गरी युवकको हत्या, समातिए दुई साथी

जनकपुरधाम । धनुषामा एक युवकको हत्या भएको छ । शहिदनगर नगरपालिका-३ गोठकुहा बस्ने २५ वर्षीय गोविन्द यादवको कुटपीटबाट गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब ७ बजेतिर घर नजिकै सडक छेउको कर्कलो बारीमा गम्भीर घाइते अवस्थामा यादव फेला परेका थिए । उपचारको क्रममा विराटनगरमा उनको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । गम्भीर चोट लागेर बेहोस अवस्थामा फेला परेका गोविन्दलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको थियो ।

टाउको र मुखमा गम्भीर चोट लागेका उनलाई जनकपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगरस्थित न्युरो हस्पिटल रेफर गरिएको थियो । उपचारको क्रममा गोविन्दको मंगलबार दिउँसो नै मृत्यु भएको डिएसपी मिश्रले जानकारी दिए ।

यता कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले उनकै दुईजना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीयले अज्ञात समूहले सोमबार राति नै मरासन्न हुने गरी कुटपिट गरी झाडीमा फालेर भागेको हुनसक्ने बताएका छन् । आफन्तले गोविन्दको हत्या भएको दावी गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *