गाडी रोकेर महाकालीको झोलुङ्गे पुल मर्मत

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा-चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत शुरु गरेको छ । दैनिक ६ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।

नगर प्रवक्ता सिजालीले भने, ‘पुल मर्मत शुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ ।’ बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ । आगामी दुई-तीन दिनमा काम सकिने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *