योजना आयोगको उपाध्यक्षमा डा. पौडेल

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल ‌(डा.विश्व पौडेल) लाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा. पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीकाअनुसार बैठकले आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको छ ।

डा. पौडेल अर्थशास्त्री लेखक र विश्लेषक हुन् । उनी काठमाडौं यूनिभर्सिटीको स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।  उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।

पौडलले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *