चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट ‘अपोईन्टमेन्ट’ लिन सकिने

काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।

चिरायु राष्ट्रिय अस्पताल नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको अस्पतालले जनाएको छ ।

योसँगै अबदेखि चिरायुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ईसेवा मोबाईल एप्लिकेसनमार्फत अनलाईन अपोईन्टमेन्ट लिन सकिने अस्पतालले जनाएको छ । अहिलेको कोभिड-१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउने अस्पतालले विश्वास लिएको छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको जनाएको छ ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई-अपोईन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्यजस्ता प्रविधिहरू नेपालभरका एक सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *