सानिमा लाइफले २० साउनबाट ६० करोडको आईपीओ ल्याउँदै

कठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ २० साउनबाट बिक्री तथा आवेदन खुला गर्ने जनाएको छ ।

१ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता मध्ये ३ लाख कित्ता (५ प्रतिशत) कर्मचारीलाई, ३ लाख कित्ता (५ प्रतिशत) सामुहिक लगानी कोषलाई र ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई दिने जनाएको छ ।

उक्त कम्पनीको आईपीओमा छिटोमा २४ साउन र ढीलोमा २ भदौसम्ममा आवेदन दिन सकिने जनाएको छ । सर्वसाधारण लगानीकर्ताले १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छ ।

कम्पनीको आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ ।

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेवसाइट तथा मेरो सेयरको मोबाइल एपबाट उक्त कम्पनीको आईपीओमा आवेदन दिन सकिने जनाइएको छ ।

हाल कम्प्नीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत प्राथमिक सेयर जारी गरेपछि उक्त कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *