आसाम र मिजोरमका भारतीय प्रहरीबीच गोली हानाहान‚ ६ को मृत्यु

काठमाडौ । भारतीय उत्तरपूर्वी राज्य आसाम र मिजोरमका प्रहरीबीच गोली हानाहान भएको छ । गोली लागेर ६ आसामी प्रहरीले ज्यान गुमाएका छन् ।

घटनामा ८० जना घाइते भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ ईन्डियाले उल्लेख गरेको छ । दुई राज्यको सीमा क्षेत्र लैलापुर क्षेत्रमा गोली हानाहान भएको टाइम्स अफ ईन्डियाले जनाएको छ ।

आसाम र मिजोरमको सीमा १६४ किलोमिटर लामो रहेको बीबीसीले उल्लेख गरेको छ । सन् १९७२ मा आसामबाट मिजोरम टुक्रिएपछि सीमासम्बन्धी विवाद हुँदै आएको थियो । टाइम्स अफ ईन्डियाका अनुसार २५ वर्षबाट सीमामा तनाव उत्पन्न भएपनि मान्छेको ज्यानै जाने घटना पहिलोपटक भएको हो । घटनापछि दुई राज्यका मुख्यमन्त्रीहरुले एकले अर्कोलाई घटनाको दोषीका रुपमा आरोप लगाएका छन् ।

भारतीय गृहमन्त्री अमित साहले आसामका मुख्यमन्त्री हिमान्ता विश्व शर्मा र मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गासँग टेलिफोनमा कुराकानी गरेका छन् । संघीय सुरक्षाको टोली सीमा क्षेत्रमा ल्याएर द्वन्द्व अन्त्य गर्ने योजना रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *