बजेट संशोधन भएको ७ दिनभित्र मौद्रिक नीति आउने

काठमाडौं । संसदबाट बजेट अध्यादेश संशोधन भएको ७ दिनभित्र मात्रै मौद्रिक नीति आउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेपछि गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकाले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान देउवा नेतृत्वको सरकारले परिमार्जनसहित संसदबाट पास गराउने तयारी गरिरहेको छ ।

यसका लागि अर्थमन्त्री जनार्दन शर्माले पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु, अर्थविद्हरुसँग चरणवद्ध छलफल गरिरहेका छन् ।

अर्थमन्त्री शार्मालाई यतिबेला बजेट अध्यादेश संसदबाट पास गराउने, बजेट संशोधन गराउने चटारो छ । नयाँ सरकारका प्राथमिकताका कार्यलाई बजेटमा समावेश गराउन पनि उनी लागि परेका छन् । यद्यपी, बजेटमा धेरै परिमार्जन भने नहुने अपेक्षा गरिएको छ ।

देशको वर्तमान आर्थिक अवस्थाबारे स्पष्ट जानकारी दिने गरी अर्थमन्त्री शार्माले आर्थिक श्वेतपत्र समेत ल्याउने तयारी गरिरहेका छन् । श्वेत पत्र लेखनको काम भने अघि बढिसकेको बताइएको छ ।

मौद्रित नीतिले बजेटका लक्ष्यहरु पूरिपूर्तिका लागि नीतिगत व्यवस्था गर्नुपर्ने भएकोले पनि बजेट अएपछि बल्ल मौद्रिक नीति ल्याउनु पर्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *