निफ्रा र पाँचखाल नगरपालिकाबीच शहरी पूर्वाधार विकाससम्बन्धी समझदारी

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकामा ‘सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण’ परियोजनाका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले सघाउने भएको छ । यससम्बन्धी समझदारी पत्रमा नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

नगरपालिकामा सामाजिक आवश्यकता पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीका लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजनाअन्तर्गत रहेको पाँचखाल नगरपालिकामा ‘सुविधा सम्पन्न शहरी पूर्वाधार विकाश तथा निर्माण’ परियोजना सञ्चालन गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।

समझदारी अनुसार उक्त परियोजना निर्माणमा आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्ने लगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयन सम्बन्धि कार्य अघि बढाउन निफ्राले सहयाेग गर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *