नबिलमा व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

यो सुविधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ्ग सेवाहरुको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ ।

यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक-गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ । बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *