विराटनगरमा पैसा दोब्बर बनाउने भन्दै ठगी

विराटनगर । विराटनगरबाट रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीयसँग रकम दोब्बर बनाइदिने भन्दै ठगी गर्नेमध्येका एक विराटनगर महानगरपालिका- ८ अशोक चोक बस्ने ३५ वर्षीय चन्दनकुमार मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत २७ गते स्थानीय ३१ वर्षीय राजकुमार रायलाई मुखियाले डबल बनाइदिन्छु भनी पैसा लिएको प्रहरीले जनाएको छ । रायबाट २ लाख २० हजार लिएपश्चात १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकेको, त्यही कागजमा २ वटा केमिकल र सिरिन्जसमेत दिएको र २४ घण्टामा उक्त सिरिन्जबाट पोकोमा केमिकल हान्नू पैसा डबल हुन्छ भनी ठगी गरेको प्रहरीले जनाएको छ ।

दुई लाख २० हजार लिएर फरार भएका मुखियालाई सोमबार दिउँसो गाउँबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका व्यक्तिको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *