डेडिकेटेड र ट्रंकलाइनको १५ अर्ब उठाउन प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेका औद्योगिक वर्गका उपभोक्तासँग बक्यौता रहेको झण्डै १५ अर्ब रुपैयाँ बक्यौता महशुल असुल गर्न निर्देशन दिएकी छन् । प्राधिकरणको पछिल्लो व्यवस्थापनसँग असन्तुष्टि राख्दै उनले यस्तो निर्देशन दिएकी हुन् । आइतबार प्राधिरकणका नेतृत्वतहका पदाधिकारीको बिफिङ सुनेपछि मन्त्री भुसालले यस्तो असन्तुष्टि व्यक्त गर्दै बक्यौता उठाउन निर्देशन दिएकी हुन् ।

विगतमा कुलमान घिसिङ नेतृत्वको टिमले प्राधिकरणको व्यवस्थापकीय पक्षमा व्यापक सुधार गरेको र वर्तमान व्यवस्थापनले त्यसालई निरन्तरता दिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् । उनले घुमाउरो भाषामा प्राधिकरणमा फेरी कुलमान घिसिङलाई नै ल्याउने संकेतसमेत गरेकी छन् ।

प्राधिकरणको व्यवस्थापनका लागि आफूले नयाँ कदम चाल्न लागेको समेत उनले बताइन् ।

विद्युत् चुहावट फेरि बढेको, प्राधिरकणको नाफा ५ अर्बमा सीमित भएको, गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेको जस्ता समस्या देखाएकी छन् ।

ब्रिफिङका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोरोना महामारीले गर्दा विद्युत् चुहावट नियन्त्रण गर्न नसकिएको, कर्मचारी खटाउन नसकिएको, प्रमुख जिल्ला अधिकारीहरुबाट असहयोग भएको बताएका थिए ।

औद्योगिक वर्गका उद्योग तथा प्रतिस्ठानले डेडिकेटेड तथा ट्रंक लाइनबाट लिएको विद्युत्को महसुलबाटको १५ अर्ब रुपैयाँ र सरकारले उद्योगी व्यवसायीलाई दिएको महशुल छुट वापतको ३ अर्ब रुपैयाँ सरकारले प्राधिकरणलाई नदिएकोले नाफा बढी नदेखिएको उनले बताए ।

मन्त्री भुसाललाई बिफिङ गर्ने क्रममा प्राधिकरण ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान घिसिङका कार्यकालमा सबै व्यवस्थित रहेकोले र अहिले त्यस्तो नरहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *