नेपाल समूहको स्थायी कमिटी बैठक, के हो एजेण्डा ?

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक बानेश्वरस्थित एक बैंक्वेटमा बसिरहेको छ । नेतृ अष्टलक्ष्मी शाक्यकीअनुसार बैठकमा समसामयिक विषयवस्तुमाथि छलफल चलिरहेको छ ।

सत्तारुढ गठबन्धनले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर, एमालेको एकता प्रक्रिया चलिरहेकाले नेपाल समूह सरकारमा सहभागी भएको छैन । नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षको पर्खाइमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् थप विस्तार गरेका छैनन् ।

जसपाको विवाद आजै टुङ््िगँदै छ । उपेन्द्र यादवको पक्षमा बहुमत कार्यकारिणी सदस्यहरु जुटेका छन् । यस अर्थमा आयोगले सम्भवतः उपेन्द्र यादव क्षलाई नै पार्टीको आधिकारिकता दिनेछ । यसअघि पत्रकारहरुसँग कुराकानी गर्दै निर्वाचन आयोगबाहिर उपेन्द्र यादवले भनेका छन्— ‘अब देउवा नेतृत्वको सरकारमा चाँडै जाँदैछौँ ।’ तर, नेपाल समूह भने अझै अन्योलग्रस्त नै छ । संस्थापन एमालेले एकताका लागि गरिरहेको प्रयास र गठबन्धनको सरकारको निम्तोबीच आफूलाई राखिरहेको नेपाल समूहको स्थायी कमिटी बैठकलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ । एक नेताले भने— ‘यही संक्रमणकालीन अवस्थाको अन्त्य छिट्टै होस् भन्नेमा हामी सबैजना छौँ । हामी यता न उताको अवस्थामा छौँ ।’

कार्यदलमा रहेका नेताहरुले एकताको दश बुँदे सहमति जुटाएपनि कार्यान्वयन हुन नसकेको बताउँदै आएका छन् । सुवासचन्द्र नेम्वाङ्गले मकालुखबरसँग भने— ‘पार्टीले अनुमोदनसमेत गरिसकेको १० बुँदे प्रस्तावना कार्यान्वयनमा समस्या आयो । यसकारण एमाले एउटै कित्तामा उभिएको देख्न पाइउन ।’ नेताहरुकाअनुसार १० बुँदे प्रस्तावनासँग अध्यक्ष केपी शर्मा ओलीसँगै नेता नेपाल पनि खुसी छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =