सीता दाहाललाई भेटे पौडेलले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेता पौडेल सोमबार (आज) प्रचण्ड निवास खुमलटार नै पुगेर सीतालाई भेटेका हुन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरुले पनि सीतालाई भेटेर सहानुभूति प्रकट गरेका थिए ।

लामो समययता पार्किन्सजस्तो देखिने रोगबाट पीडित सीता अहिले थलिएकी छन् । वैदेशिक उपचारबाट समेत निको नभएकी सीता अहिले ओछ्यानमै छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =