प्रदेश १ मा आएको खोप जिल्लामा पठाइँदै

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण सुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण सुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्रदेश १ मा प्राप्त भएको खोपहरु वितरण सुरु गरिएको आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । आइतबार सााँझसम्ममा सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको छ । साहका अनुसार सोमबारसम्ममा प्रदेश १ का सबै जिल्लाहरुमा खोप वितरण भइसक्ने छ ।

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले बताए । भेरोसेल खोप लगाईसकेपछि मात्र जोनसन खोप वितरण सुरु गर्ने तयारी छ । भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाईने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *