एनआईसी एशिया बैंकको मोबाइल एपबाटै आईपीओ भर्न सकिने

कठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीले जारी गर्ने प्राथमिक सेयर निष्काशन (आईपीओ)मा आवेदन दिन सक्ने सेवा शुभारम्भ गरेको छ । बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आईपीओ खुलेका शेयर तथा डिबेञ्चर (ऋणपत्र)मा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

केभडि–१९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा एनआईसी एशिया एमओबैंक एपबाट आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको जनाएको हो ।

बैंकको उक्त एप प्रयोगकर्ताले एपभित्र रहेको अप्लाइ सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिने जनाएको छ । उक्त आइकनमा ट्याप गरेपछि त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सबमिट गरेपछि आवेदन पूरा हुने जनाएको छ ।

बैंकले आफ्नो वेबसाइटमा रहेको अप्लाइ नाउ आइकनमा ट्याप गरेर समेत आईपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *