फोन छिटो लाग्नेमा एनसेल, फोन धेरै काटिनेमा एनटीसी अगाडि

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एक अध्ययन अनुसार धेरै छिटो फोन लाग्नेमा एनसेल र फोन छिटो काटिनेमा एनटीसी रहेको छ । प्राधिकरणले काठमाडौं उपत्यामा गरेको सेवाको गुणस्तरसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्ट गरेर उक्त प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।

प्रतिवेदनअनुसार आफ्नै नेटवर्कमा कल गर्दा एनसेलमा ५.२७ सेकेन्टमा कल स्थापना भएको जनाएको छ । तर, टेलिकमको अफ्नै नेटवर्कभित्र ९.३४ सेकेन्ड र स्मार्ट टेलिकमको १०.२७ सेकेन्टमा कल स्थापना भएको उल्लेख गरेको छ ।

त्यस्तै कल स्थापना हुने सफलताको दर एनसेलको ९४.४३ प्रतिशत, टेलिकमको ९०.५१ प्रतिशत र स्मार्ट टेलिकमको ८४.४७ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

यस्तो फोनकल विच्छेद हुने दरमा टेलिकको ०.८७ प्रतिशत, एनसेलको ०.२ प्रतिशत र स्मार्ट टेलिकको ०.४५ प्रतिशत रहेको छ ।

काठमाडौंको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, क्षेत्रपाटी, बागेश्वारी, स्वयम्भू, सितापाइला, छाउनी, चाबहिल, गोठाटार, कपन, मण्डिखटार, गोल्फुटार, चपली, नारायणथान, गोंगबु, गौशाला, सिनामंगल र शान्तिनगर मा ड्राइभ टेस्ट गरेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै ललितपुरको कुपन्डोल, बालकुमारी, इमाडोल, ग्वार्को र टिकाथली रहेको प्राधिकरणले जनाएको छ। भक्तपुरको बालकोट, कौशलटार, पेप्सीकोला, नरेफाँटलगायत क्षेत्रमा पुगेर परीक्षण गरिएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *