नबिल बैंकले ल्यायो ३ अर्बको ऋणपत्र, ८ प्रतिशत ब्याज

काठमाडौं । नबिल बैंकले आइतबाबाट ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘८% नबिल डिबेन्चर २०८५’ नाम दिइएको उक्त डिबेन्चरको अवधि ७ वर्षको रहेको छ ।

प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजद∕ पाइने कम्पनीले जनाएको छ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ ।

बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *