फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३ सयसम्मको छुट

काठमाडौं । फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु र मोबाइल वालेट इसेवाबिच सहकार्य भएको छ । आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरु बिचको यस समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । एक कार्यक्रमबीच फुडमाण्डु र इसेवाबिच भुक्तानी सेवा उपलब्ध गराउने बारे सम्झौता भएको हो ।

सम्झौतासँगै इसेवाका प्रयोगकर्तालाई थप सुविधा दिइनेछ भने फुडमाण्डुका प्रयोगकर्ताले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्डूमा हुने अर्डरमध्ये अनलाइन पेमेन्टमा ग्राहकको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए । उनले भने, ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ । यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ ।’

इसेवाको बृहत नेटवर्कमा भएकाग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एण्ड मार्केटिङ म्यानेजर मालीले भने । सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकलाई सजिलो हुने अपेक्षा गरिएको छ । इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रसाईंले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए ।

उनले भने– ‘कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशीभएका छौं । यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ ।’

इसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डुले ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु. ३ सयसम्मको छुट दिने घोषणासमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *