यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी (भिडिओ)

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गाडीको चाबी सरकारलाई बुझाएको छ । विभिन्न ७ बुँदे मागसहितको ज्ञापन पत्र र चाबी महासंघका अध्यक्ष डोलनाथ खनाललगायत पदाधिकारीको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत प्रज्ञानमन्त्री समक्ष उक्त ज्ञापन पत्र र चाबी बुझाएका हुन् ।

महासंघले बुझाएको ज्ञापन पत्रमा एक प्रदेश र अर्को प्रदेशबीको यातायातको समेत भाडा समायोजन हुनुपर्ने, यातायात व्यवसायमैत्री मौद्रिक नीति बन्नुपर्ने, सबै व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु पर्ने, २० वर्ष पुराना गाडीको समयसीमा अझ थप्नु पर्ने, महामारीका कारण प्रभावित यातायात व्यवसायीले बैंकलाई तिर्नुपर्ने ऋणको साँवाव्याज भुक्तानीको अवधि बढाउनु नर्पे, सडक ऐन, बीमा परिवर्तनलगायत माग राखेका छन् ।

आइतबार माइतीघरबाट बबरमहलसम्म विरोध प्रदेर्शन गर्दै महासंघले चाबी बुझाएको हो । प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रीमार्फत प्रधानमन्त्रीलाई उक्त ज्ञापन पत्र पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विभिन्न मागसहित २३ जेठदेखि आन्दोलनमा रहेका व्यवसायीले आफूहरुको माग पूरा नभएको भन्दै उक्त ज्ञापन पत्र र चाबी सरकालाई बुझाएको अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *