नेपाल बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र मोरङको बुधबारेमा

काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिका स्थित बुधबारे बजारमा आफ्नो ८ औं विस्तारित सेवा केन्द्रको औपचारीक शुभारम्भ गरेको छ । बुधबारे बजार लेटाङ नगरपालिकाको वार्ड नम्वर १, २ र ३ तथा केराबारी गाउँपालिका–९ का लागि केन्द्रको रुपमा स्थापित भई बैंकिङ पहुँचबाट बाहिर रहेको थियो ।

नगरपालिकाको अनुरो र ग्रमिण भेगमा वित्तीय पहुँच पुर्याई ‘हरेक नेपालीको एक बैंक खाता’ नीतिलाई सघाउ पुर्याउने उदेश्यले एक औपचारिक कार्यक्रमका बिच बंैकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको शुभारम्भ प्रदेश– १, मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन् ।

उक्त बिस्तारित सेवा केन्द्रबाट उक्त भेगमा छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि टाढा जानु नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारवाट बैंकिङ प्रणाली मार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

‘सबैका लागि बैंक’ भन्ने मुल उदेश्य राखी स्थापनाको २७ औं वर्ष पूरा गरेको नेपाल बंगलादेश बैकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *