वात्सल्यले ल्यायो ४० माथिका निःसन्तान महिलालाई निःशुल्क परामर्श योजना

काठमाडौं । बात्सल्य आईभीएफले सन्तान प्राप्त गर्न चाहने ४० वर्ष माथिका महिलाहरुका लागि निःशुल्क चेक जाँच तथा परामर्श दिने भएको छ । निःसन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधा उपलब्ध गराउन थालेको वात्सल्य आईभीएफले यस्तो योजना ल्याएको हो ।

खासगरी ४० वर्ष माथिका महिलाले धेरै वर्ष सन्तान प्राप्त गर्न नसक्दा हरेस खाने हुनाले उनीहरुलाई उचित निदान र उपचार गरे सन्तान प्राप्ति सम्भव भएको बात्सल्यले जनाएको छ । आधुनिक उपचारको सम्भावना पहिल्याउन मद्दत गर्न वात्सल्यले त्यस्ता महिलाई साउन मसान्तसम्म लागु हुने गरी निःशुल्क टीभीएस (ट्रान्सभेजिनल अल्ट्रासाउन्ड टेस्ट) जाँच तथा निःशुल्क चिकित्सक परामर्शको योजना ल्याएको जनाएको छ ।

यसले महिलाहरुलाई सन्तान्त प्राप्तिका विधिहरुबारे समेत जानकारी हुने वात्सल्यले जनाएको छ ।

सन्तान उत्पादन प्रक्रियामा सफलता दर अझ उच्च बनाउन आईभीएफले हालै स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्र्याएको थियो । आईभीएफ सफलता प्रविधिसँगै उपचारमा संलग्न विशेषज्ञ, दम्पतिको उच्च मनोबल, सकारात्मक सोच र विशेषज्ञको विशेष निगरानी जस्ता मनोवैज्ञानिक कारणले पनि प्रभावित हुन्छ।

निःसन्तान विशेषज्ञको मिजासिलो व्यवहार, उचित परामर्श, आवश्यक चेक–जाँचका लागि उपलब्धता आदिले पनि सफलतामा निकै ठूलो भूकिमा खेल्ने देखिएको छ । त्यसैले सेवाग्राहीलाई निजीकृत सेवा प्रदान गर्न वात्सलले आफ्नो निःसन्तान विशेषज्ञको संख्या थप्दै लगेको जनाएको छ ।

वात्सल्यमा आबद्ध दुई नयाँ विशेषज्ञमध्ये डा. सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत रहेको र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडीमा गोल्ड मेडलिष्ट पनि हुन् ।

यस्तै डा. निजा राजभण्डारीले लखनउमा छात्रवृत्ति मार्फत् आईभीएफ सम्बन्धी अध्ययन गरेकी छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *