चले लामो दूरीका सार्वजनिक सवारी, यस्तो छ नयाँ भाडादर

काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो । प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

यस्तो छ नयाँ भाडादर
सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियमको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा २० देखि २८ प्रतिशतसम्म भाडा बढेको हो ।

यातायात व्यवस्था विभागले असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको मन्त्रिस्तरीय निर्णय अनुसार असर ३० गते यात्रुवाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराइमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

कहाँको कति पुग्यो ? नयाँ भाडादर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =