विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

एएफपी । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरू यस प्रकार रहेका छन् । चीनमा कोरोनाविरुद्धको एक अर्ब ४७ करोड १६ लाख ५ हजार डोज खोप लगाइएको छ भने भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज‚ ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज‚ जर्मनीमा ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज‚ बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज खोप लगाइएको छ ।

त्यस्तै जापानमा ७ करोड ३९ लाख ७० हजार ८८८ डोज‚ फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज‚ टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज र इटालीमा ६ करोड ३८ लाख ७९ हजार ३९१ डोज खोप लगाइएको छ ।

  • रासस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *