सुनजस्तो देखिने पहेँलो वस्तुसहित ४ जना पक्राउ

काठमाडौं । जोरपाटीबाट सुनजस्तो देखिने पहेँलो वस्तुसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३३ वर्षीय सरोज लामालगायत ४ जनालाई बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो वस्तुलगायतका सामानसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुको डेरा कोठामा सुनजस्तो देखिने वस्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा सुनजस्तो देखिने बिस्कुट आकारको १ केजी गोल्ड लेखेको १ थान वस्तु, सुनजस्तो देखिने ५० ग्राम लेखिएको १४ थान चुरा, प्रभु बैंकको ३ लाखको चेक १ थान, नेपाल बङलादेश लिमिटेड शाखाको १ थान चेक, नगद २० हजार २ सय ५० रुपैयाँ, ५ थान मोबाइल, १ थान टुल बक्स, १ थान स्क्रू डाइभर, ६ थान सुनको बिल भरपाईलगायतका कागजात फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








