५० मेगावाटको मेवा खोलामा ७ बैंकले ७ अर्ब लगानी गर्ने

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाँउपालिकामा निर्माण गरिने ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन(फाइन्सियल क्लोजर) पूरा भएको छ । युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनामा ७ ओटा बैंकले ७ सय करोड रुपैयाँ लगानी गर्ने भएको आयोजना प्रवर्द्धक कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिडेटको अगुवाइमा कुमारी बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड, नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड र सिभिल बैंकले सहवित्तीयकरणमा लागनी ऋण लगानी गर्ने भएका हुन् । उनीहरुले ६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड चालु पूँजी कर्जा लगानी गर्ने भएका हुन् । जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी एवं बैंकहरु बीच बिहीबार सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको हो ।

परियोजनाको लागत अनुमान ९ अर्ब रुपैयाँ रहेको छ । यसमा ७५ प्रशित ऋण र २५ प्रतिशत स्वपूँजी लगानी रहने कम्पनीले जनाएको छ । आयोजनामा बैंकहरुले ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यस मध्ये, सिटिजन्स बैंकले १ अर्ब ४५ करोड, कुमारी बैंकले १ अर्ब, मेगा बैंक नेपालले १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकले १ अर्ब, नेपाल एसबीआई बैंकले ८० करोड, सिद्धार्थ बैंकले १ अर्ब, र सिभिल बैंकले ५० करोड लगानी गर्ने भएका छन् । २५ प्रतिशत स्वपूँजी रकम भने प्रवर्द्धकले जुटाउने गरी वित्तीय व्यवस्थापन पूरा गरिएको छ ।

आयोजना आउँदो ३ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा प्रवर्द्धक कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघुस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *