विराटनगरको पोखरिया माविका ४१ जना शिक्षकलाई ल्यापटप

विराटननगर । सामुदायिक विद्यालय पछिल्लो समय प्रविधिमैत्री बन्दै गएका छन् । केही विद्यालयले अघिल्ला वर्षहरूदेखि नै नमूना रुपमा काम शुरु गरिरहेका छन् भने केही विद्यालयले प्रविधि पछ्याउँदै अघि बढ्दैछन् ।

विराटनगरको पोखरिया माध्यमिक विद्यालयले पनि प्रविधिलाई अंगिकार गर्न थालेको केही वर्ष भयो । अंग्रेजी माध्यम पढाइ शुरु गरेर नमूना बनेको पोखरिया माध्यामिक विद्यालयले प्रविधिलाई पछ्याउँदै गएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि पहिला शिक्षक प्रविधिमैत्री हुनुपर्ने भएपछि विद्यालयमा रहेका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ ।

विद्यालयमा कार्यरत ४१ शिक्षकहरूलाई पहिलो चरणमा ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताए । विद्यालयका बाँकी ३० जना शिक्षकलाई पछि वितरण गर्ने तयारी रहेको समेत उनले बताए ।

No description available.

शिक्षकहरूको तर्फबाट १५ प्रतिशत र विद्यालयले ८५ प्रतिशत रकम खर्च गरेर ल्यापटप वितरण गरिएको हो ।

विराटनगरका मेयर पराजुलीले विराटनगरका सबै विद्यालयलाई प्रविधिमैत्री शिक्षामा अब्बल बनाउने बताए ।

पोखरिया मावि देशकै उत्कृष्ट विद्यालयमा पहिचान बनाउन सफल विद्यालय हो । उक्त विद्यालयमा हाल २५ सयभन्दा बढी बालबालिका अध्ययनरत छन् । विराटनगरमा अधिकांश सामुदायिक विद्यालयको अवस्था कमजोर भए पनि पोखरिया मावि देशमै नमूना बन्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *