प्रचण्डदेखि विप्लवसम्म एउटै मञ्चमा, ओलीलाई बोलाइएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सम्मले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भने निम्तो दिइएको छैन ।

पुष्पलाल स्मृति दिवसका उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार (आज) दिउँसो च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीबाहेकका शीर्ष कम्युनिष्ट नेताहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । नेपाली कम्युनिष्ट आन्दोलनबाट धेरै टाढा पुगिसकेको भन्दै ओलीलाई नबोलाइएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई प्रचण्ड–विप्लवसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

नेताहरुले ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =