मृगौला पीडित रामप्रसादको उपचारका लागि सुदूरपश्चिम नेपाली जनकल्याण समाजद्वारा आर्थिक सहयोग

काठमाडौं । मृगौला पीडित रामप्रसाद जैशीको उपचारका लागि सुदूरपश्चिम नेपाली जनकल्याण समाज (रजि) भारतले आर्थिक सहयोग गरेको छ । बाजुराको बुढीगंगा नगरपालिका २ का मृगौला पीडित जैशीको उपचारका लागि समाजले रामप्रसा जैशी बचाउ अभियान चलाएको थियो ।
उक्त अभियान अन्तर्गत विभिन्न व्यक्त तथा संस्थाबाट ५० हजार ९ सय ७३ भारु ( ८१ हजार ५ सय ५६ रुपैया ८ पैसा नेपाली) संकलन भएको छ । सो रकम पीडित पक्षलाई हस्तान्तरण गरिएको सुदूरपश्चिम नेपाली जनकल्याण समाज (रजि) भारतका सचिव कुलबहादुर रावलले जानकारी दिए । आइतबार बसेको समाजको मौसिक बैठकले उक्त रकम हस्तान्तरण गरेको हो ।
प्रवासी नेपालीहरुको हक हित र दुख सुखमा साथ सहयोग गर्ने उदेश्यले स्थापित समाजले सामाजिक कार्य गर्दै आएको छ । समाजले जैशी सचाउ अभियानमा साथ सहयोग गर्ने सम्पूर्ण व्यक्त र संस्थाप्रति धन्यवाद ज्ञापनसमेत गरेको छ ।
हेर्नुहोस् पूरा विवरण :-










विशेष गरी धन्यबाद मकालु खबर