रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक, मूल्य कति ?
२०७८ साउन ७ गते

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादनअन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ ।
यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडीमा ३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी यो घडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्ने जनाइएको छ । नेपाली बजारमा यसको मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
रियलमी वाच ‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिनसहित रगिंन ३६० x ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनका साथ उपलब्ध भएको कम्पनीले उल्लेख गरेको छ ।
२०७८ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








