सर्वोच्चको फैसलाअनुसार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

बिहीबार पार्टीमा बुझाएको स्पष्टीकरणको जवाफमा सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्यमान्यताअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताइएको छ ।

संविधानको धारा ७६ को उपधारा (५) को प्रक्रियामा सहभागी भई मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरूको अधिकार भएकाले उक्त मतदानलाई लिएर कुनै प्रकारको कारबाही गर्न नमिल्ने भनी सर्वोच्च अदालतले प्रतिषेधको आदेश जारी गरेको अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफमा नेता नेपालले लेखेका छन् ।

‘पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो । त्यसको विरोधस्वरुप विभिन्न क्रियाकलाप भएका हुन्, जसलाई विधानविपरीत भन्न मिल्दैन‚’ स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले लेखेका छन्‚ ‘हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्यमान्यता अनुकूल रहेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत हालेको भन्दै अध्यक्ष ओलीले एमाले वरिष्ठ नेता नेपालपक्षीय २२ सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =