कांग्रेस सांसद सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन् ।

बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई सिंहले राजीनामा पत्र बुझाएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा सर्लाही-४ बाट निर्वाचित सांसद सिंहले प्रदेश २ मा कांग्रेस क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नगरिएको भन्दै राजीनामा दिएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा १० दिनदेखि बारा, धनुषा, सर्लाहीलगायत जिल्लाका नेता तथा कार्यकर्ता धर्ना, आमरण अनसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *