‘जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु हुन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको अभिव्यक्ति दिएका छन् । बुधबार (आज) काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको अभिव्यक्ति दिएका हुन् । ‘ज–जसले जनमत संग्रह गर्नु हुँदैन भन्छन्, तिनीहरु लुटेराहरु हुन्,’ विप्लवले भनेका छन् ।

यस्तै विप्लवले संसदीय व्यवस्थाको कुनै औचित्य नभएको जिकिर गरेका छन् । नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको भन्दै विप्लवले अहिले देशको निर्णय नागरिकले आफैंले लिनुपर्ने बताए । ‘पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा विदेशी हस्तक्षेप हुनु दुर्भाग्य हो,’ विप्लवले भनेका छन् ।

आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै विप्प्लवले समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमै रहने बताए । विप्लव समूहले पहिल्यैदेखि जनतालाई आफ्नो शासन व्यवस्था आफैंलाई चुन्न दिनुपर्ने बताउँदै ‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद’ बारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *