नयाँ सरकारसँग चौधरीको इच्छा : युवा सुदूरको बाटो हुँदै भारत पुग्नुपर्ने बाध्यता हटोस्

स्वदेशमै गरिखाने बनाऔं

काठमाडौं । व्यवसायी तथा सांसद विनोद चौधरीले अबको सरकारले युवालक्षित कार्यक्रमहरु अघि बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार (आज) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले युवालाई स्वदेशमै ‘गरिखाने’ बनाउनुपर्ने बताए । भने— ‘नेपाली बजारमा हरेक वर्ष ४ लाख युवाहरु उत्पादन हुन्छन् । उनीहरुको बाध्यता सुदूरको बाटो भइकन भारत जानुपर्ने छ । अबको सरकारले यसलाई केन्द्रमा राखोस्, काम अगाडि बढाओस् ।’

नेपालले ट्रान्सपरेन्ट युगमा प्रवेश गरेको चौधरीको भनाइ थियो । ‘नेपाललाई साउथ एसियाकै मोस्ट अट्र्याक्टिम इन्भेस्टमेन्ट जोनको रुपमा स्थापित गर्नुपर्छ,’ चौधरीले भने— ‘र यो सम्भव हुने कुरा पनि हो । किनकी एउटा लोकतान्त्रिक पार्टीले सरकारको नेतृत्व गर्दैगर्दा यी सम्भावनाहरु प्रशस्तै हुन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *