शेर्माद्वारा कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङलाई स्वास्थ्य सामग्री सहयोग
२०७८ साउन ६ गते

यासोक । पाँचथरको कुम्मायक-२ माङजाबुङ निवासी समाजसेवी गजेन्द्र शेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन् ।
रोजगारको शिलशिलामा दक्षिण कोरियामा रहेका शेर्माले कोरोना कोभिड-१९ को महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनका लागि स्वस्थ्य सामग्री वितरण गरेका हुन् ।
शेर्माले ज्वरो नाप्ने थर्मलगन र सेनिटाइजरलगायतका स्वस्थ्य सामग्री सहयोग गरेका हुन् । गजेन्द्रले पठाएको सामग्री उनका दाजु घनेन्द्र शेर्मामार्फत् पालिकाका विभिन्न केन्द्रमा वितरण गरिएको छ ।
२०७८ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








