कलाकार उत्तम नेपालीको निधन
२०७८ साउन ६ गते

काठमाडौं । आधुनिक नेपाली चित्रकलाका प्रवर्तक मानिने वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ । केही समययता मुटुमा समस्या देखिएर शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत नेपालीको ८४ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
१९९४ सालमा काठमाडौंको असनमा जन्मेका नेपालीको बाल्यकाल व्यापारी पिताका साथ भारतको लखनउमा बितेको थियो । भारत बसाइ र अध्ययनले नै उनलाई कलासँग नजिक्याएको थियो । नेपाल फर्किएर उनले लगातार प्रदर्शनी गरेका थिए ।
उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत थिए । क्यानभासमै कविता लेखेर भावना प्रकट गर्ने सँगै कविता र गीत लेख्नेसँगै अभिनय समेत गर्थे ।
नेपालीका दुई छोरी छन् ।
२०७८ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








