वीपी स्मृति दिवस

यस्तो थियो न्यूयोर्क टाइम्समा आएको वीपीको मृत्युको खबर

काठमाडौं । २०३९ साउन ६ गते वीपी कोइरालाले ६७ वर्ष हुँदै देह त्याग गरे । क्यान्सरले थलिएका उनको मृत्युवरण नेपाली मात्रै हैन विदेशीको समेत चासोको कुरा थियो ।

सोसिअलिस्ट इन्टरनेसनल, संयुक्त राष्ट्रसंघदेखि दक्षिण एशियाली स्वतन्त्रता संग्राममा विभिन्न रुपमा सहभागी वीपीको मृत्युको खबर अमेरिकी प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले समेत लेखेको थियो । साउन ६ गते मृत्युको खबर न्यूयोर्क टाइम्सको साउन ७ को छापा संस्करणम छापिएको थियो । फोक्सोको क्यान्सर उपचारका क्रममा थाइल्यान्डको अस्पतालको कोमामा रहेका कोइरालालाई निकालेर नेपाल हवाइयात्रामा ओर्लिएको दुई घन्टामै मृत्यु भएको न्यूयोर्क टाइम्सले लेखेको थियो ।

कोइरालालाई पश्चिमा शैलीको संसदीय सरकारको छोटो समय प्रधानमन्त्री भएका नेता भनेर चित्रित गरिएको छ । सन १९५९ र १९६० सम्म प्रधानमन्त्री भएको, पछि महेन्द्रले थुनेको, सन १९६८ मा भारत प्रवास जानु अगाडिसम्म थुनिएका र सन १९७६ नेपाल आएपछि पुनः थुनिएका भनेर वीपीको प्रजातान्त्रिक नेताको रुपमा व्याख्या गरिएको छ ।

समाचारमा हालका कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाई फिजिसियन तथा वीपीका छोरा भन्दै कोट गरिएको छ । समाचारमा वीपीले सबैभन्दा पछिल्लो भाषण जनवरीमा गरेको र त्यसबेला राजा र प्रजातान्त्रिक शक्तिहरु मिल्नुपर्ने धारणा राखेको लेखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *