बीमा शुल्क सङ्कलनमा छ्लाङ मार्दै नेशनल लाइफ बन्यो दोस्राे बीमा कम्पनी

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा प्रथम बीमा शुल्क आर्जनमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चमत्कारिक प्रगति गरेको छ । कम्पनीले उक्त वर्ष कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ३ करोड २१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । यो प्रगतिसँगै प्रथम बीमा शुल्क आर्जनका हिसाबले १९ जीवन बीमा कम्पनी मध्ये नेशनललाइफ दोस्रो स्थानमा पर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष १२ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ९ अर्ब २६ करोड ७४ लाख कुल बीमा शुल्क संकलन गरेको थियो ।

प्रथम बीमा शुल्क आर्जनका हिसाबले पहिलोमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८ अर्ब ८२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले गत आर्थिक वर्ष करिब ३२ अर्ब ८४ करोड कुल बीमा शुल्क आम्दानी गरेको छ ।

तेस्रोमा रहेको कम्पनी एलआईसी नेपालले असार मसान्तसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्क आर्जनमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो स्थानमा छ । उक्त कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार रिलायबल नेपाल लाइफले २ अर्ब २१ करोड, एशियन लाइफले २ अर्ब १३ करोड, सिटिजन लाइफले २ अर्ब २ करोड, सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब १ करोड, ज्योति लाइफले १ अर्ब ८४ करोड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ६८ करोड, आइएमई लाइफले १ अर्ब ५९ करोड, रिलायन्स लाइफले १ अर्ब ४८ करोड, मेट लाइफले १ अर्ब ४५ करोड, प्राइम लाइफले १ अर्ब ३८ करोड, सानिमा लाइफले १ अर्ब २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सन नेपाल लाइफले ९१ करोड, प्रभु लाइफले ८९ करोड, राष्ट्रिय बीमा संस्थानले ७६ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

१९ कम्पनीद्वारा ४२ अर्ब प्रथम बीमा शुल्क आर्जन

जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ४१ अर्ब ९७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । असार महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ६ अर्ब ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

कुल बीमा शुल्क संकलन १ खर्ब २१ अर्ब

१९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ बीमा कम्पनीले असार मसान्तसम्ममा ७९ लाख २६ हजार २ सय ३ वटा बीमा पोलिसी जारी गरी १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ३२ अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्कका हिसाबले दोस्रोमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले १७ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्म १२ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेर तेस्रो स्थानमा छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४१ करोड, यूनियन लाइफले ६ अर्ब ७७ करोड, एशियन लाइफले ५ अर्ब ९२ करोड, मेट लाइफले ५ अर्ब ०२ करोड, सूर्या लाइफले ४ अर्ब २६ करोड, प्राइम लाइफले ४ अर्ब ०३ करोड, गुँरास लाइफले ३ अर्ब ६८ करोड, सिटिजन लाइफले ३ अर्ब ५९ करोड, ज्योति लाइफले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड, रिलायन्स लाइफले २ अर्ब ५७ करोड, आइएमई लाइफले २ अर्ब ७९ करोड, सन नेपाल लाइफले २ अर्ब २२ करोड, सानिमा लाइफले १ अर्ब ९५ करोड, प्रभु लाइफले १ अर्ब ४५ करोड र महालक्ष्मी लाइफले १ अर्ब ०६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *