गुरु गोरखनाथको पात्र देवता यात्रा सुरु (तस्बिरहरू)

काठमाडौं । मंगलबार हरिशयनी एकादशीको तिथिबाट बाबा गोरक्ष पात्र देवता यात्रा सुरु भएको छ । आज (मंगलबार) मृगस्थलीमा रहेको गुरु गोरखनाथ आश्रमबाट पात्र यात्रा सुरु भएको हो ।

मृगस्थलीबाट गोरक्ष पात्रलाई एकमहिनासम्म बसन्तपुर दरबारमा रहेको पिरपाटीमा राखिने परम्परा रहिआएको छ । पिरपाटीमा रहेका गोरक्ष पात्रलाई जनैपूर्णिमाको दिन पुग्नेगरी धार्मिक पोखरी गोसाइकुण्ड लगिनेछ ।

पात्रलाई गोसाइकुण्ड लग्दा पहिलो रात धुन्चे‚ त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाइकुण्डको स्नान एवम् दर्शन गराई सोही मार्ग काठमाडौं ल्याइने र पिरपाटीमा राखिनेछ ।

काठमाडौं ल्याइसकेपछि गोरक्ष पात्रलाई माता दक्षिणकालीको दर्शन गराई पिरपाटीमै राखी झम्केश्वरी रथयात्राको दिन विधिपूर्वक गुरु गोरखनाथको मन्दिरमा पात्रलाई विराजमान गराइसकेपछि विधिवत रुपमा गोरक्ष पात्र देवता यात्रा समापन हुने परम्परा रहिआएको छ ।

शताब्दियौँदेखि चलिआएको यो परम्परामा राजा सहभागी हुने चलन रहेतापनि हाल त्यो चलन हटेको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *